लोमान्थाङका महिलाहरुलाई उद्घोषण तालिम

पाेखरा | माघ २३, २०७९

लोमान्थाङका महिलाहरुलाई उद्घोषण तालिम

पोखरा:    मुस्ताङको लोमान्थाङ गाउँपालिकाद्धारा आयोजित एक हप्ते उद्घोषण तालिम आइतबार सम्पन्न भएको छ । 


लोमान्थाङका महिलाहरु तथा महिला जनप्रतिनिधीहरुलाई उद्घोषण शिक्षा दिन र  नेतृत्व  विकासका लागि तालिमको आयोजना गरिएको लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष छ्युमी विष्ट गुरुङले जानकारी दिईन । तालिममो समापन कार्यक्रममा बोल्दै लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसि न्हर्वु गुरुङले तालिममा  सिकेका कुरालाई व्यवहारमा लागु गर्न अनुरोध गर्दै लोमान्थाङका महिलाहरुको लागि यो तालिम निकै प्रभावकारी भएको बताए । 


कार्यक्रममा लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्घिराम उपाध्यायले महिलाहरुको शसक्तिकरणका लागि यो तालिम निकै उपयोगी भएकाले आगामी दिनमा पनि निरन्तरता दिने बताए । 


लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष छ्यूमी विष्ट गुरुङको अध्यक्षतामा भएको  तालिममा प्रशिक्षार्थीहरुले पनि आफ्ना अनुभव र सिकाई बारे मन्तव्य राखेका थिए । सञ्चारकर्मी गोविन्द थापा सिञ्जाली र सुस्मा पौडेलले सहजीकरण गरेको तालिमको समापन समारोह लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष  छ्यूमी विष्ट गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो  । यसैवीच एक समारोहका बीच लोमान्थाङ गाउँपालिकाले  दिव्यदिप माध्यमिक विद्यालय लोमान्थाङबाट एसईई परीक्षा उत्तिर्ण गरी  उच्च शिक्षा  अध्ययरत  १६ जना विद्याथीहरुलाई  जनही ५० हजारका दरले छात्रवृति समेत प्रदान गरिएको थियो ।

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्